अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने

 फागुन ४, २०७७ मंगलबार १३:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् ।

कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको नेपालमा रहेको कतारी दूतावासले जनाएको छ । 

यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

 

तपाईको प्रतिक्रिया