श्रम कल सेन्टर : १० महिनामा झण्डै ७ हजार गुनासो, ६ हजारभन्दा धेरै गुनासो सम्बोधन

 फागुन ९, २०७७ आइतबार १६:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम मन्त्रालयको कल सेन्टरमा गएका १० महिनामा मात्रै झण्डै ७ हजार उजुरी तथा गुनासो प्राप्त भएको छ ।

वैदेशिक रोजगारी, श्रम तथा सामाजिक सुरक्षाको विषयमा गुनासो र उजुरी सुन्नका लागि स्थापना गरिएको कल सेन्टरमा माघ २९ गतेसम्म ६ हजार ८९६ उजुरी तथा गुनासो प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कल सेन्टरमा फोन, ह्वाट्सएप, फेसबुक लगायतका माध्यममार्फत देश तथा विदेशबाट गुनासो तथा उजुरी टिपाउन सकिन्छ । यसरी प्राप्त भएका ६ हजार ८९६ उजुरी तथा गुनासोमध्ये ६ हजार ४२० वटा सम्बोधन भएको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयमा आफ्नो गुनासो तथा उजुरी टिपाउनका लागि निःशुल्क रुपमा ११४१ अथवा १६६००१५०००५ मा सम्पर्क गर्न सकिन्छ । विदेशबाट ९७७१५९७००८ मा फोन गर्न तथा ९७७९८०१८०००१३ नम्बरमा भाइवरमार्फत म्यासेज गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया