विदेशमा काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निकाे

 चैत ८, २०७७ आइतबार १७:५४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निकाे भएका छन् । 

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  हालसम्म ५३ देशमा ६३  हजार ६ सय २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ९६ दशमलव ८ प्रतिशत अर्थात् ६१ हजार ७ सय ७३ जना निकाे भएका छन् । समितिका अनुसार यो हप्ता  जापान, भारत, साउदी अरब, कतार, यूएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका  नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संङ्क्रमण देखिएको छ ।

याे हप्ता कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप एक जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाका अनुसार यो हप्ता साउदी अरबमा एकजना नेपालीको काेराेना सङ्क्रमणका कारण ज्यान गएको हो ।

यस्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको ज्यान गएको छ । 

तपाईको प्रतिक्रिया