विदेशमा ६३  हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण

 चैत १६, २०७७ सोमबार १०:४२:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – विश्वका विभिन्न ५३ देशमा रहेका ६३  हजार ८ सय ५४ नेपालीमा कोरोना पुष्टि भएको छ । गैर आवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्क अनुसार अहिलेसम्म ५३ देशमा रहेका ६३  हजार ८ सय ५४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ भने २२ देशमा रहेका तीन सय ४५ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । 

समितिका अनुसार कोरोना सङ्क्रमणबाट गएको साता मात्रै थप ३ नेपालीको ज्यान गएको हो ।  गएको साता बेल्जियम, मलेसिया  र यूएईमा रहेका नेपालीहरूमा थप कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभयो । 

सङ्क्रमित ६३  हजार ८ सय ५४ जना मध्ये ६१ हजार ९ सय ८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा सङ्क्रमण तीव्र फलिएको र भारतबाट नेपाल फर्किनेको सङ्ख्या पनि बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्नुभएको छ ।   

उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र लगाउन बाँकी सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइका साथ पालना गर्न डा. सापकोटाको सुझाव छ ।

तपाईको प्रतिक्रिया