बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आउँदो माघ...
पुस ८, २०८१ सोमबार
रुकुम पूर्व – रोजगारीका लागि विदेश गएका रुकुम पूर्वका एक व्यक्ति नेपाल फर्केको समयदेखि नै बेपत्ता भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका १४ राङसीका ४२ वर्षीय ढाँट कामी हराएको १५ महिना बितिसकेको परिवारजनले बताएका छन् ।
ढाँट कामीका छोरा राजेश विकले दुई वर्ष पहिला बुबा रोजगारीको सिलसिलामा मलेसिया गएको बताउनुभयो । २०७६ सालको माघ महिनामा मलेसियामा कार्यरत कम्पनीबाट नेपाल फर्केको आफूहरूले खबर पाए पनि अहिलेसम्म बुबा घरमा नआएको उहाँले बताउनुभयो ।
भौगोलिक विकटता र खोजी कार्यका लागि कुनै जानकारी नपाउँदा अहिलेसम्म खोजी गर्नका लागि कतै नपुगेको छाेरा राजेशले बताउनुभयाे ।
हराएका बुबाकाे खोजी गरिदिन भन्दै आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा निवेदन प्राप्त भएको कार्यालयले जनाएको छ । कार्यालयले उहाँको खोजी गर्न सम्बन्धित निकायमा लेखी पठाउने प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।
हराएका व्यक्तिलाई देख्ने तथा सम्पर्क हुने जो कोहीले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा खबर गर्न प्रशासनले अनुरोध गरेको छ ।