वैदेशिक रोजगारी सम्बन्धी समस्या छन् ? आप्रवासी स्रोत केन्द्रमा फोन गरेर सेवा लिनुहोस्

 बैशाख २१, २०७८ मंगलबार १६:५७:४०

काठमाण्डौ – सुरक्षित आप्रवासन परियोजना सामीद्वारा विभिन्न जिल्लामा सञ्चालित आप्रवासी स्रोत केन्द्रले टेलिफोनमार्फत सेवा दिन थालेका छन् ।

कोरोना महामारीका कारण निषेधाज्ञा लागू भएका विभिन्न जिल्लामा रहेका स्रोत केन्द्रले भौतिक रूपमा परामर्श सेवा बन्द गरे पनि फोन मार्फत सेवा दिन थालेको परियोजनाले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा लागू भएका विभिन्न १३ जिल्लामा टेलिफोनमार्फत सेवा प्रवाह भइरहेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि समस्या, प्रश्न, जिज्ञासाहरू सामी अन्तर्गतका आप्रवासी स्रोत केन्द्रमा राख्न सकिन्छ । केन्द्र विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहजीकरण गरी तपाईँको समस्या समाधान गर्न प्रयास गर्छ । अहिले पर्सा, रौतहट, सर्लाही, चितवन, बागलुङ, गोरखा, दाङ, कपिलबस्तु, रुपन्देही, नवलपरासी, सल्यान र कैलालीमा सञ्चालित आप्रवासी स्रोत केन्द्रहरूले टेलिफोनमार्फत सेवा प्रवाह गरिरहेका छन् । 

सामी परियोजना नेपाल सरकार र स्विस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास् नेपालको प्राविधिक सहयोगमा ३९ जिल्लामा १५६ पालिकाद्वारा सञ्चालन भइरहेको छ । 

यस्तै यो असहज परिस्थितीमा वैदेशिक रोजगारसँग सम्बन्धित आफ्नो समस्या, प्रश्न र जिज्ञासा वैदेशिक रोजगार बोर्डमा रहेको श्रम कल सेन्टरमा पनि राख्न सकिन्छ । कल सेन्टरमा ११४१ नम्बरमा निःशुल्क फोन गर्न सकिन्छ ।

कोरोना सङ्क्रमण बढेसँगै विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी भएको छ भने सरकारले वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । यो अप्ठेरो परिस्थितिमा आफ्नो समस्या, प्रश्न र जिज्ञासा फोन मार्फत नै राख्न सकिन्छ ।

यी हुन् टेलिफोन नम्बरहरू

तपाईको प्रतिक्रिया