लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कतारमा आउँदो असार १७ गतेपछि पुरानो संस्करणकाे कतारी नोट नचल्ने भएको छ ।
कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो असार १७ गतेपछि चल्ने छैन ।
पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । आफूसँग भएका चौथौँ संस्करणको पुराना नोटहरू १ जुलाई अर्थात् आउँदो असार १७ भित्र उपयोग गर्न या नयाँ संस्करणको नोट साट्न सकिने छ ।