अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन समस्या भए यी नम्बरमा फोन गर्नुहोस्

 जेठ ७, २०७८ शुक्रबार १८:५७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगार विभागले पनि भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवाहरू बन्द गरेको छ ।

उडान नखुलेसम्म अथवा अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगार कार्यालयमा उपस्थित भएर लिनुपर्ने सेवाहरू अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति बन्द छ । तर भौतिक रूपमा कार्यालयमा उपस्थित हुन नपर्ने गरी अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने लिन सकिन्छ । 

पुनः श्रम स्वीकृतिका लागि विदेशबाट वा देशमै भए घरमै बसी बसी पनि निवेदन दिन सकिन्छ । 

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनका लागि कुनै अप्ठेरो वा थप जानकारी चाहिएमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा शाखा अधिकृत सालिकराम फुयाँललाई ९८७२६२७७८३ मा र माधवराव पाण्डेलाई ९८४१३१०३२३ मा र कम्प्युटर इन्जिनियर अर्जुन यादवलाई ९८४११४९३८० मा सम्पर्क गर्न सकिन्छ । 

1 Comments

  • मेरो पनि श्रम गर्नु थीयो कसरि गर्न सकिन्छ सर

    May 22, 2021, 9:15 a.m.

    मेरो पनि श्रम गर्नु पर्ने छ सर के कसरि हुन सक्छ

तपाईको प्रतिक्रिया