कुवेतमा जुन १ देखि सिधै घाम पर्ने ठाउँमा काम गर्न रोक

 जेठ १२, २०७८ बुधबार १५:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले  दिउँसोको समयमा खुल्ला ठाउँमा काम गर्न रोक लगाउने भएको छ ।

अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाउने निर्णय गरेको हो ।

यो नियम आउँदो अगस्टको अत्यसम्म लागू हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न पाइनेछैन । कुवेतको यो निर्णयले खुल्ला ठाउँमा काम गर्ने श्रमिकहरूलाई फाइदा पुग्नेछ । 

तपाईको प्रतिक्रिया