क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
यूएई – यूएईमा कार्यरत मधेसी समुदायका आप्रवासी नेपालीहरूले मधेसी एकता समाज गठन गरेका छन् ।
मधेसी हक अधिकारका साथै मधेसको कला, साहित्य तथा संस्कृति प्रति समर्पित समुदायले संस्थाको गठन गरेका हुन् ।
अहिलेलाई यूएई केन्द्रित गरेर संस्था गठन गरेको भए पनि संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा अन्य विभिन्न देशहरुमा समेत विस्तार गरिने भएको हो ।
भेलाले यूएईको अलएैनमा कार्यरत वैज्ञानिक मुकेश झाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्व सहमतिबाट चयन गरेको हो ।
यूएईमा गठन गरिएको संस्थालाई नेपालमा दर्ता गरिने छ ।
समाजले मधेसको समाज उत्थानका लागि अग्रगामी जागरण तथा जनचेतना बढाउन, मधेसको हक अधिकार सुनिश्चित गर्न र प्राकृतिक आपत् विपत्, शिक्षाको प्रवर्धन, सिप विकास, कृषिमा नवीकरण लगायतमा सहयोग गर्ने समाजका वरिष्ठ सल्लाहकार डा.राबिन्द्र कुमार यादवले जानकारी दिनुभयो ।