ओमानले जुनदेखि नयाँ ‘वर्क पर्मिट फी’ लागू गर्ने

 जेठ १६, २०७८ आइतबार १२:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानले जुनदेखि श्रम अनुमति अर्थात् वर्क पर्मिटको लागि नयाँ शुल्क निर्धारण गर्ने भएको छ ।

ओमानमा कार्यरत विदेशी श्रमिकहरूलाई मात्र नयाँ शुल्क तोकिने त्यहाँको श्रम मन्त्रालयलाई उद्धृ त गर्दै गल्फ न्युजले जनाएको छ । गल्फ न्युजका अनुसार मध्यम र उच्च पेसामा आबद्ध तथा प्राविधिक र विशेष क्षेत्रमा कार्यरत श्रमिकलाई मात्र यो नियम लागू गरिएको हो ।

वर्क पर्मिट शुल्क नयाँ व्यवसायको लागि पनि हुने बताइएको छ । तर नयाँ वर्क पर्मिटको शुल्क कति हुने भन्ने बारे बताइएको छैन ।

तपाईको प्रतिक्रिया