अत्यावश्यक कामका लागि निश्चित दिन तोकेर राहदानी जारी गरिने

 जेठ २१, २०७८ शुक्रबार १७:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लम्बिएसँगै राहदानी विभागले निश्चित दिन तोकेर सेवा दिने भएको छ ।

आज शुक्रबारदेखि ३१ गतेसम्मको लागि तोकिएको निषेधाज्ञाको समयमा स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक कामको सिलसिलामा विदेश जानुपर्ने व्यक्तिले तोकिएको समयमा मात्र राहदानी बनाउन आउन सक्ने विभागले जनाएको छ ।

जेठ २३ गते आइतबार, २५ गते मंगलबार, २७ गते बिहीबार र ३० गते शुक्रबारका दिन विभाग खुल्ला रहने छ । यी दिनमा बिहान ११ बजेदेखि दिउँसोको दुई बजेभित्र राहदानी बनाउनका लागि विभागमा जान पर्नेछ । 

स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक​ कामको सिलसिलामा विदेश जानुपर्ने व्यक्तिको बाहेक यो समयमा राहदानी जारी हुनेछैन ।

निषेधाज्ञाको समयमा कर्मचारीलाई कार्यालय आवतजावत गर्न समेत कठिनाइ हुने भएकाले निश्चित सेवा दिनका लागि निश्चित समय तोकिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया