बायोमेट्रिक नभएका श्रमिकलाई अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने

 जेठ २६, २०७८ बुधबार १८:२६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

यसअघि प्रत्येक बुधारबार प्रदान गरिदै आए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो ।

तर जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले पनि व्यक्तिगत श्रम स्वीकृति कार्यालयमा भौतिक रुपमा उपस्थित भएर प्रदान गर्न थालेको हो । तर यो सेवा यसअघि बायोमेट्रिक नभएका व्यक्तिका लागि मात्र हो ।

बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभइ अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने व्यक्तिले अनलाइनबाटै पनि सेवा लिन सक्छन् । अनलाइनबाटै हुने कामका लागि कार्यालयमा उपस्थित नहुँन पनि अनुरोध गरेको छ । 
 

तपाईको प्रतिक्रिया