बहराइनमा गैर कानुनी रूपमा कार्यरत श्रमिकलाई कोरोनाको खोप लगाउन दूतावासको अनुरोध

 असार ४, २०७८ शुक्रबार १५:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनमा रहेको नेपाली दूतावासले गैर कानुनी रूपमा काम गरिरहनुभएका सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । 

बहराइन सरकारले उपलब्ध गराएको खोप लगाउन आवश्यक दर्ता गराउन असमर्थ गैर कानुनी रूपमा काम गरिरहेका नेपाली नागरिकलाई खोप लगाउन दूतावासले अनुरोध गरेको हो । 

दूतावाससँगको समन्वयमा बहराइनका विभिन्न स्थानमा खोप कार्यक्रम सञ्चालन हुने भन्दै दूतावासले खोप लगाउन अनलाइन दर्ता गर्न पनि अनुरोध गरेको छ । 

खोप लगाउनका लागि https:/bh.nepalembassy.gov.np/covid-19-vaccine/ मा दर्ता गर्न सकिन्छ ।

बहराइन सरकारले बहराइनी नागरिक सरह विदेशी नागरिकलाई पनि खोप उपलब्ध गराइरहेको छ ।

तपाईको प्रतिक्रिया