वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने

 साउन ४, २०७८ सोमबार १६:५७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ । 

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि जोन्सन एण्ड जोन्सनको खोप दिने जनाएको छ ।

यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोपको प्राथमिकतामा राखेपछि श्रमिक र सरोकारवालाले सरकारको यो निर्णयको आलोचना गरेका थिए । कतिपय गन्तव्य देशले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुवै मात्रा लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले श्रमिकले एक मात्र मात्रै लगाउँदा हुने जोन्सनको खोप दिन सरकारसँग आग्रह गरेका थिए । 

अब जोन्सन एण्ड जोन्सन खोप अनिवार्य गरेका देशमा जान  लागेका व्यक्तिहरूलाई पासपोर्ट र भिसा को आधारमा खोप दिइने मन्त्रालयले जनाएको छ ।

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिएको १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिन सुरु गरेको छ । 

1 Comments

  • Dipak sarki

    July 20, 2021, 7:47 p.m.

    म विदेश जान लागेको , मेरो पहिलाको भिसाको मिति सकिन लाग्यो /

तपाईको प्रतिक्रिया