कब्जामा लिएको अमेरिकी कम्पनी सेनालाई खाना खुवाउन प्रयोग गर्ने रुसको योजना

 वैशाख ४, २०८२ बिहीबार १५:१५:११ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

रुसले आफूले कब्जामा लिएको अमेरिकी स्वामित्वको कम्पनी आफ्ना सेनालाई खाना खुवाउन प्रयोग गर्ने योजना बनाएको छ ।

रुसले कब्जा गरेर र राज्य नियन्त्रणमा राखेको अमेरिकी स्वामित्वको कम्पनीलाई आफ्ना सेनालाई खाना आपूर्ति गर्न प्रयोग गर्ने योजनाहरू अघि बढाइरहेको रोयटर्सको प्रतिवेदनले देखाएको छ । यसले अमेरिकासँग रुसको न्यानो सम्बन्धलाई सम्भावित रूपमा खतरामा पार्ने खबरमा उल्लेख छ ।

युक्रेनमा युद्ध रोक्न अमेरिका र रुसले वार्ता गरिरहेका बेला अक्टोबरमा जफत गरिएको र राज्य नियन्त्रणमा लिइएको अमेरिकी स्वामित्वको कम्पनी ‘ग्लाभप्रोडक्ट’ विवादमा परेको छ । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले यसलाई समाधान गर्नु अमेरिका–रुस सम्बन्धलाई पुनर्स्थापित गर्ने वार्ताको एक हिस्सा हुने बताउनुभएको छ ।

रुसी राष्ट्रिय गार्ड र रक्षा मन्त्रालयलाई भविष्यमा आपूर्ति गर्नेलगायत स्थिर उत्पादन सुनिश्चित गर्न अमेरिकी कम्पनीको जफत आवश्यक रहेको रोयटर्सको खबरमा उल्लेख छ । डिब्बामा बन्द खाना बनाउने कम्पनी ग्लाभप्रोडक्ट अहिले रुसको सङ्घीय सम्पत्ति व्यवस्थापन एजेन्सी रोसिमुश्चेस्टभोको नियन्त्रणमा छ ।

रुसी अभियोजकहरूले लियोनिद स्मिर्नाेभ र उनको नियन्त्रणमा रहेका कम्पनीहरूले सन् २०२२ देखि २०२४ सम्म झन्डै १७ मिलियन अमेरिकी डलर रुसबाट बाहिर सारेको आरोप लगाएका छन् । गएको मार्च १२ मा अभियोजकको कार्यालयको अनुरोधमा मस्को मध्यस्थता अदालतले ग्लाभप्रोडक्टको सम्पत्ति जफत गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया