आईपीएलमा अम्पायरले किन ब्याट जाँच गरिरहेका छन् ?

 वैशाख ४, २०८२ बिहीबार १५:२२:० | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

इन्डियन प्रिमियर लिग (आईपीएल) का अम्पायरहरूले ब्याट जाँचमा कडाइ गरेका छन् । डिफल्टरको सङ्ख्या बढेपछि अम्पायरहरूले ब्याट जाँचमा कडाइ गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

गएको हप्ता आयोजित आईपीएल अम्पायरहरूको साप्ताहिक समीक्षा बैठकमा सबै ब्याटरले खेल शुरू गर्नुअघि ब्याटको गेज परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो । ओपनरहरूको ब्याट मैदानमा प्रवेश गर्नुअघि चौथो अम्पायरले परीक्षण गर्नेछन् भन्ने अन्य ब्याटरको ब्याट मैदानमा रहेका अम्पायरहरूले जाँच गर्नेछन् । यसअघि चौथो अम्पायरले ड्रेसिङ रुममा खेलाडीहरूको ब्याट परीक्षण गर्ने गर्थे ।

आईपीएलको यस सिजनमा डिफल्टरहरूको सङ्ख्यामा अचानक वृद्धि भएपछि प्रतियोगिताको बीचमा यो निर्णय भएको थियो । केही प्रतिद्वन्द्वी ब्याटरले तोकिएको आकारभन्दा ठूला ब्याट प्रयोग गरिरहेको भन्ने कुरामा पनि टोलीहरूमा व्यापक शङ्का रहेको खबरमा उल्लेख छ ।

मङ्गलवार मुल्लानपुरमा पन्जाब किङ्ग्स र कोलकाता नाइट राइडर्सबीचको खेलमा सुनिल नरायन र एनरिच नोत्र्जेको ब्याट गेज परीक्षणमा असफल भएको पाइएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया