काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा

 वैशाख ६, २०८२ शनिबार ८:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको हो ।

अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव छ । कैलाली, अछाम, दाङ, गुल्मी, बाग्लुङ, स्याङजा, अर्घाखाँची, प्युठान, म्याग्दी, सिन्धुपाल्चोक, नुवाकोट, सङ्खुवासभालगायतका जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली नै रहने अनुमान छ । गएराति पनि दाङ, अछाम, दैलेखलगायतका जिल्लामा मध्यम खालको पानी परेको थियो । पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।

यस्तै देशको उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हिमपातको समेत सम्भावना छ । मेघगर्जन र चट्याङ, वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई सेवामा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया