जोन्सनको खोप लगाएको १४ दिनपछि साउदी जाँदा संस्थागत क्वरेण्टीन बस्न नपर्ने

 साउन ७, २०७८ बिहिबार १३:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जोन्सनको खोप लगाएको १४ दिनपछि साउदी जाँदा त्यहाँ गएर संस्थागत क्वरेण्टीन बस्न नपर्ने भएको छ ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार नयाँ जाने र बिदामा आएकाहरू फर्कँदा जोन्सनको खोप लगाएर गएमा त्यहाँ गएर संस्थागत क्वरेण्टीन बस्न पर्ने छैन् । साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएको छ ।

त्यसैले साउदी जानेले टिकट काट्दा एयरलाइन्स र ट्राभल एजेन्सीलाई यो कुराको जानकारी गराउन दूतावासले अनुरोध गरेको छ । 

साउदीमा त्यहाँको सरकारले मान्यता दिएको खोप मध्ये फाइजर, अस्ट्राजिनेका, मोडेर्ना खोपको २ वटै डोज लगाइसेका जा जोन्सनको खोप(एक मात्रा मात्र लगाउँदा हुने) लगाएकाले १४ दिन कटेको छ भने संस्थागत क्वरेण्टीन बस्न पर्दैन ।

यसका साथै कोरोना सङ्क्रमण भएर निको भएको ६ महिना कटेको छैन भने पनि साउदी पुगेपछि संस्थागत क्वरेण्टीनमा बस्न पर्दैन । अहिले नेपाल सरकारले जोन्सनको खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सनको खोप लगाइरहेको छ । पासपोर्ट र भिसा लिएर खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया