एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दु:ख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने बताउनुभएको छ ।
आज मलेसियाबाट २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइपुर्याएपछि क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पीडादयाक हुने उल्लेख गर्नुभएको छ । जुलाई १७ अर्थात गएको शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ भन्दै लामाले यस्तो सङ्ख्या सरकारको लागि तथ्याँकमा मात्रै सीमित भए पनि मृतक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गर्नुभएको छ ।
यस्तै उहाँले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गर्नुभएको छ ।