कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूले केरामा लाग्ने ओइलाउने रोगको नयाँ प्रजाति टीआर–४ को निदान र व्यवस्थापनमा उल्लेख्य सफलता प्राप्त भएको जनाएका छन् ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले गरेको अनुभव आदानप्रदान तथा प्राविधिकलाई रोगको निदान र न्यूनीकरणका विधिसम्बन्धी तालिममा रोगको निदान र व्यवस्थापनबारे प्राप्त सफलताको जानकारी दिइएको हो ।
कार्यक्रममा मुख्य अनुसन्धानकर्ता डा. राम खड्काले अहिलेसम्मको प्रगति प्रस्तुत गर्दै २०८० साल पुसदेखि शुरू गरिएको रोगको अनुसन्धान र व्यवस्थापनबाट समयमै सतर्कता अपनाउन सक्नाले नेपालको केरा उद्योग ठूलो क्षति हुनबाट जोगिएको बताउनुभयो । उहाँले दुई वर्षको अनुसन्धानबाट प्राप्त नतिजालाई स्तरीकरण गर्ने कार्य भइरहेको र केही समयमै रोग निदान तथा व्यवस्थापनको प्याकेज तयार गरिने बताउनुभयो ।
अहिले केही रासायनिक तथा जैविक विधिहरूको संयुक्त प्रयोगबाट रोग नियन्त्रण गर्ने विधि विकास गरिएको र संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको सहयोगमा थप अनुसन्धान जारी रहने भएको छ ।
नार्कका प्रवक्ता एवम् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार २०८० साल भदौमा पहिलो पटक कैलालीमा केराका केही बगैँचामा टीआर–४ रोग देखिएपछि कृषि मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन कार्यालय र सरोकारवालासँगको समन्वयमा रोग फैलिन नदिन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् नार्कका कार्यकारी निर्देशक डा. दोजराज खनालले बालीनाली र पशुपालनलाई संयुक्त रूपमा अपनाउँदा धेरै समस्याको समाधान गर्न सकिने बताउनुभयो ।
एलायन्स बायोभर्सिटीका तर्फबाट डा. सिजुन झेंगले एशियामा यो रोगको प्रभाव र व्यवस्थापनमा गरिएका प्रयासहरू प्रस्तुत गर्नुभएको थियो । खाद्य तथा कृषि सङ्गठनका नेपाल प्रतिनिधि डा. केन सिमिजुले सङ्गठनले शुरूदेखि नै समस्याको समाधानमा संलग्न रहन पाउँदा खुशी व्यक्त गर्दै यसको व्यवस्थापनमा नार्कले गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।