विदेश जानेहरुको लागि कोरोना खोप लगाउन तोकिए दुई अस्पताल

 साउन ११, २०७८ सोमबार १४:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धकाे खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् ।

अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ ।

पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्थ्यो । 
 

1 Comments

  • आङछिरी सुनुवार

    July 26, 2021, 3:13 p.m.

    कुन ठाउमा लगाउने हो हजुर खोप मलाई खबर पाउन

तपाईको प्रतिक्रिया