इजरायल रोजगारी : यसअघि आवेदन दिएकालाई विवरण रुजु गर्न र विवरण नभेटिए नयाँ दर्ता गर्न आग्रह

 साउन १९, २०७८ मंगलबार १६:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायल रोजगारीका १८ गते बिहानसम्म निवेदन दिएकाहरूले पुनः आफ्नो विवरण रुजु गर्नु पर्ने भएको छ ।

इजरायल रोजगारीका लागि अनलाइनमार्फत आवेदन दिने प्रणालीमा समस्या आएको र अहिले समस्या समाधान भए पनि समस्या सुरु हुनुभन्दा अघि दर्ता भएका विवरणहरू रिकभर नभएको भन्दै विभागले पुन ः विवरण रुजु गर्न निवेदकलाई अनुरोध गरेको हो । 

हिजो सोमबार बिहान १ बजेदेखि इजरायलको रोजगारीको लागि आवेदन दिने अनलाइन प्रणालीमा समस्या आएको थियो । जसका कारण निवेदन दिने प्रक्रिया नै अवरुद्ध भएको थियो । यो समस्या अहिले समाधान भएको छ ।

तर यो समस्या आउनुभन्दा अघि सम्म दर्ता भएका विवरण प्राविधिक कारणले रिकभर गर्न नसकिएको भन्दै विभागले आफ्नो यूजर आइडी(राहदानी नम्बर) र पासवर्डको प्रयोग गरी आफ्नो विवरणहरू रुजु गर्न तथा विवरण नभेटिएमा फेरि नयाँ दर्ता गर्न भनेको छ । साथै नयाँ दर्ता गर्दा प्राप्त हुने रजिस्ट्रेसन नम्बर नै निवेदकको रजिस्ट्रेसन नम्बर कायम हुने जानकारी पनि विभागले दिएको छ । 

1 Comments

  • Binod

    Aug. 3, 2021, 10 p.m.

    निवेदन दिने अन्तिम मिति कहिलेसम्म हो ?

तपाईको प्रतिक्रिया