वैदेशिक रोजगारी : एक वर्षमा १ सय ४० जनाले गरे विदेशमै आत्महत्या

 साउन २०, २०७८ बुधबार १५:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले  आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यस्तै,  आर्थिक वर्ष २०७७/७८ मा मात्रै  एक सय १९ जनाको वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटना ज्यान गएको छ । एक सय १६ जना पुरुष र तीन जना महिलाको सडक दुर्घटना ज्यान गएको हो । 

बोर्डका अनुसार विभिन्न रोगका कारण ४२७ जनाको, कार्डियाक अरेस्टको कारण १०४ जनाको, कार्यस्थल दुर्घटनामा परी २६ जनाको, प्राकृतिक कारणबाट १७१ जनाको ज्यान गएको छ भने २ जनाको हत्या भएको छ ।

अन्य विभिन्न कारणबाट २४८ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् भने ५ जनाको मृत्युको कारण अनुसन्धान भइरहेको छ । 

तपाईको प्रतिक्रिया