‘इजरायलमा रोजगारीको लागि पठाइदिन्छु’ भन्ने कसैको प्रलोभनमा नपर्न विभागको आग्रह

 साउन २१, २०७८ बिहिबार १२:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले कसैले इजरायलमा रोजगारीको लागि पठाइदिन्छु भन्याे भने त्यसको पछि नलाग्न आग्रह गरेको छ ।

इजरायलमा केयर गिभर छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको छ भन्दै सामाजिक सञ्जालमार्फत आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारेको र भ्रम फैलाएको बारे आफ्नो ध्यानाकर्षण भएको विभागले जनाएको छ । पछिल्लो समय म्यानपावर कम्पनी, कन्सलन्टेन्सी, एजेन्सी लगायत व्यक्तिगत तवरमा पनि इजरायल पठाइदिन्छु भन्दै रकम पनि असुल्ने गरेको पाइएको भन्दै यसबारे विभागले सचेत गराएको हो ।

इजरायलको रोजगारी जीटूजीमार्फत अर्थात नेपाल सरकार र इजरायल सरकाबीचको सम्झौताअनुसार हुने भएकाले यसमा कुनै पनि निजी संस्था आबद्ध नरहेकाले त्यस्तो प्रलोभनमा नपर्न विभागले सूचीत गरेको हो ।

इजरायलकाे केयर गिभरकाे राेजगारीकाे लागि विभागले १२ मा नै आवेदन माग गरिसकेकाे छ । आवेदन माग भएकाे २१ दिनभित्र वैदेशिक रोजगार विभागको वेबसाइट https://ferms.dofe.gov.np/israel/login मा गएर अनलाइन आवेदन दिन सकिन्छ ।

अंग्रेजी भाषाको परीक्षाबाट छनौट भएकामध्येलाई अन्तर्वार्तामा बोलाइनेछ । अन्तर्वार्ताबाट पनि छनौट भएपछि रोस्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइने र कामदार छनोट प्रक्रिया पूर्ण रुपमा निष्पक्ष हुने विभागले प्रष्ट पारेको छ ।

थप जानकारीकाे लागि  यी समाचार पनि हेर्नुहाेस् :

 


तपाईको प्रतिक्रिया