कम्बोडिया पठाइदिन्छु भन्दै ६ जनाबाट ३९ लाख रुपैयाँ ठगी गर्ने विचारमान पक्राउ

 साउन ३२, २०७८ सोमबार १७:४९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कम्बोडिया पठाइदिन्छु भनेर विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काभ्रेप्लाञ्चोक महाभारत गाउँपालिका – १ घर भएका २८ वर्षीय मिनध्वज नाम गरेका विचारमान मोक्तानलाई ३९ लाख रुपैयाँ ठगी गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई काभ्रेपलाञ्चोककै प्रेमबहादुर तामाङसहित ६ जनालाई कम्बोडिया पठाएर त्यहाँ क्यासिनाेमा गार्डकाे काम लगाइदिने भन्दै प्रत्येकबाट ६ लाख पचास हजार रुपैयाँ  लिएर सम्पर्क विहीन भएको आराेप लागेकाे प्रहरीले जनाएको छ । ​​

पीडितहरुको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखामा पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि सोमबार बानेश्वरबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मोक्तानलाई अहिले थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

तपाईको प्रतिक्रिया