क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – तपाईँ दुबईबाट बिदामा स्वदेश आउनुभएको थियो र कोरोना महामारीको कारण फर्कन नपाउँदा भिसाको अवधि सकिएको छ ?
यदि त्यसो हो भने अब यूएई प्रवेशका लागि विभिन्न प्रक्रिया गर्नुपर्ने भएको छ । १८० दिनभन्दा बढी यूएई बाहिर रहेका र दुबईको आवासीय भिसाको अवधि सकिएकाहरुले https://amer.gdrfad.gov.ae/visa-enquiryवेबसाइटमा गई प्रवेश अनुमतिको लागि अनुरोध गर्नुपर्छ । यदि सहमति प्राप्त भएमा मात्र दुबई प्रवेश गर्न सकिन्छ ।
दुबईको भिसा हुनेले यही वेबसाइटबाट आफ्नो भिसाको अवस्था पनि हेर्न सकिन्छ । दुबईले कोरोना महामारीको कारण फर्कन नपाएका विदेशी नागरिकको भिसा आउँदो डिसेम्बरसम्म नै बढाइदिने निर्णय गरिसकेको छ ।
दुबईको आवासीय भिसा भएका नेपालीहरूले कोरोनाको खोप लगाएको प्रमाणपत्र पेस नगरे पनि दुबई प्रवेश गर्न पाइन्छ ।
तर खोप प्रमाणपत्र नचाहिने भए पनि ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र चार घण्टाभित्रको र्यापीड पीसीआर परीक्षण भने चाहिन्छ । तर खोप लगाएको प्रमाणपत्रबिना दुबई बाहेक यूएईका अन्य राज्यहरूमा प्रवेश गर्न पाइनेछैन ।