ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – यूएईले आउँदो अगष्ट ३० देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ ।
कोरोना विरुद्धको पुरा खोप(दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ ।
टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको मध्ये कुनै एक खोप पूर्ण रूपमा लगाएको हुनु पर्नेछ ।
यूएई सरकारको यो निर्णयले यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि खुला गरेको छ ।
टुरिस्ट भिसामा यूएई जानेले पनि ¥यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ ।
टुरिस्ट भिसा ३० दिन या ९० दिनको हुनेछ ।