क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – तपाईँ विदेश जाँदै हुनुहुन्छ र पुलिस रिपोर्ट प्रमाणपत्रको प्रमाणीकरणको लागि कन्सुलर सेवा विभाग काठमाण्डौमा लाइन लाग्नेबारे सोच्दै हुनुहुन्छ ? अब यो झन्झट सकिएको छ ।
कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणकाे लागि विभागमा लाइन लाग्नु नपर्ने व्यवस्था गरेको छ ।
विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण अनलाइनबाट मात्र गरिने व्यवस्था मिलाइएको छ । विभागका अनुसार आज अर्थात् भदौ १३ गते आइतबारदेखि यो नियम लागू भएको छ ।
यो व्यवस्थाले विदेश जानेहरूले घरमै बसी बसी सहज एवं सरल रूपमा सेवा लिन सक्नेछन् । अनलाइनमार्फत सेवा लिने तरिका
अनलाइनमार्फत http://att.nepalconsular.gov.np/ वा विभागको वेबसाइट https://nepalconsular.gov.np/np/ मा गएर अनलाइन आवेदन गर्न सकिने सकिन्छ ।
दिएको आवेदन स्वीकृत भएपछि तत्काल सेवाग्राहीले आवेदनमा भरेको मोबाइलमा म्यासेज जाने छ ।
मोबाइलमा म्यासेज आएपछि फेरि http://att.nepalconsular.gov.np/ मा गई online application for police clearance certificate मा क्लिक गर्नुपर्छ ।
त्यसपछि अनलाइन पेमेन्ट मा क्लिक गरी रिफ्रेन्स नम्बर र मोबाइल नम्बर राख्नु पर्नेछ ।
राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सकिन्छ । अथवा ग्लोबल आइएमइ बैङ्कको देश भर रहेका जुनसुकै शाखाबाट पनि राजस्व तिर्न सकिन्छ ।
राजस्व बुझाएको रकम र प्रहरी प्रतिवेदन रङ्गिन प्रतिसहित बिहान १० बजेदेखि २ बजेसम्म आफैँ वा आफैँले अनलाइन फारम भर्दा तोकेको व्यक्ति आउन पर्नेछ ।
विभागमा कागजात लिन आउँदा नागरिकताको प्रमाणपत्र वा फोटोसहितको परिचय खुल्ने कागजात सहित आउन पर्नेछ ।