क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कुवेतमा अब रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न मिल्ने भएको छ ।
त्यहाँको पब्लिक अथोरिटी अफ म्यानपावर पाम अन्तर्गत जनसम्पर्क विभागका प्रवक्ता असील अल मज्यादले रोजगारदाताको लागि नयाँ अनलाइन प्लेटफर्म ल्याएको बताउनुभएको हो । भिसासँग सम्बन्धित लेनदेनका कुराहरुलाई समेटिएको नयाँ अनलाइन प्लेटफर्मले रोजगारदातालाई सजिलो हुने असील अलको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ ।
योसँगै अब रोजगारदाताले अनलाइनबाटै आफ्ना श्रमिकलाई एक क्षेत्रबाट अर्को क्षेत्रको भिसा प्रदान गर्न सक्नेछन् । एक ठाउँबाट अर्को ठाउँमा काम गर्नको लागि पठाउन सक्नेछन् । यस्तै आफ्ना श्रमिकहरुको बारेमा पनि अभिलेखिकरण गर्न सजिलो हुने बताइएको छ ।