सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कोरोना संक्रमण बढेसँगै कतारले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ ।
नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश कतारले भोलि अर्थात् डिसेम्बर ३१ देखि लागू हुनेगरि स्वास्थ्य मापदण्डमा कडाइ गरेको हो । कतारका प्रधानमन्त्री र गृह मन्त्री शेख खलिद बिन खलिफाले मन्त्रीपरिषदमा हिजो गरेको निर्णय अनुसार मापदण्डमा कडाइ गरिएको हो । अब बन्द कोठा तथा हलभित्रका कार्यक्रम तथा खुला सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर खुला क्षेत्रमा खेल खेलिरहेका र ६ वर्षमुनिका बालबालिकालाई भने मास्क अनिवार्य छैन ।
यस्तै नयाँ मापदण्डअनुसार खुला क्षेत्रमा सभा तथा कार्यक्रम गर्दा त्यस ठाउँको क्षमताको ७५ प्रतिशत भन्दा नबढ्ने गरि र बन्द क्षेत्र जस्तै हलभित्र ५० प्रतिशत भन्दा नबढ्ने गरि कार्यक्रम आयोजना गर्नुपर्ने हुन्छ । यस्तै कार्यक्रममा सहभागीमध्ये कम्तीमा पनि ९० प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएको हुनुपर्ने छ ।
कतारमा अहिले दैनिक औषत चार सय भन्दा बढी कोरोनाका नयाँ संक्रमित देखिने गरेका छन् ।
साउदीले पनि कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ । आजदेखि लागू हुने गरि साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ ।