कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा

 वैशाख ३, २०८२ बुधबार १६:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी कारबाहीमा परेका छन् । बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेका थिए ।

अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको र ती मदजूरको साइकल फिर्ता गरिएको काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया