पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – नेपालमा तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ हुने भएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान पुर्याउँने उद्देश्यले नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आज काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि १२ सम्म हुने जनाएको छ ।
नेपाल पर्यटन बोर्ड र नाट्टाबीच आगामी बीआईटीएम २०२५ संयुक्त रूपमा आयोजना गर्ने सहमतिसहित दुई संस्थाबीच सम्झौता भएको थियो । सम्मेलन काठमाण्डौ र लुम्बिनीमा भव्य रूपमा आयोजना गरिने नाट्टाका अध्यक्ष कुमार मणि थपलियाले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी काठमाडौमा जेठ १० गते सञ्चालन हुनेछ भने जेठ १२ गते लुम्बिनीमा बीटूबी सत्र, फेम ट्रिप, नेटवर्किङ डिनर तथा समापन समारोह गरिनेछ । कार्यक्रममा एक सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का लगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् ।
सम्मेलनमा एक हजार एक सय भन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरु, बौद्धमार्गी, लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् ।
सहभागीहरूले २०८२ वैशाख २८ गते भित्र अनिवार्य दर्ता गर्नु पर्नेछ र २०८२ वैशाख १८ भित्र दर्ता गर्ने सहभागीहरूलाई छुट उपलब्ध गराइएको छ । बीआईटीएम २०२५ नेपालको धार्मिक पर्यटन, विशेषतः बौद्ध सम्पदाको प्रवद्र्धनका लागि एक ऐतिहासिक अवसर सावित हुने विश्वास गरिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।