कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
चीनले अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउने कुरा चीनमा निर्भर रहेको बताएपछि चीनले व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भीर नभएको दाबी गर्दै अमेरिकाले शुरू गरेको व्यापार युद्ध लड्न आफूहरू नडराउने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
अमेरिका संवाद र वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहेमा उसले चेतावनी र 'ब्ल्याकमेलिङ' जस्ता अत्यधिक दबावको नीति रोकेर समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्ने जियानको भनाइ छ । उहाँले वार्ताका लागि अमेरिकालाई पुनः आह्वान भने गर्नुभएको छ ।
ट्रम्पले शुरूमा फेन्टानिल आपूर्तिमा चीनको भूमिका रहेको दाबी गर्दै चीनबाट आयात हुने सामानमा कर लगाउनुभएको थियो । त्यसयता ट्रम्पले चीनबाट आउने धेरैजसो सामानमा थप १४५ प्रतिशत आयात कर लगाउनुभएको छ । चीनले पनि अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।
अमेरिकासँगको व्यापार युद्धकै बीच चीनले गएको जनवरीदेखि मार्चसम्मको अवधिमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको तुलनामा ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । यो तथ्याङ्क अपेक्षा गरिएकोभन्दा बढी हो । तर यो वृद्धि अमेरिकी भन्सार शुल्क बढ्नुअघिको हो ।
यसैबीच चीनले नयाँ व्यापार दूत नियुक्त गरेको छ । ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि तथा वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नुहुने चीनको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा उल्लेख छ । यसअघि उहाँ चीनका पूर्वसहायक वाणिज्यमन्त्री तथा विश्व व्यापार सङ्गठनका राजदूत हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।