ओमानमा रहेका आप्रवासीलाई आइतबारदेखि कोरोना खोपको तेस्रो मात्रा दिइने

 पुस २२, २०७८ बिहिबार १६:३८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा रहेका आप्रवासीहरुलाई कोरोना खोपको तेस्राे मात्रा दिइने भएको छ । 

आउँदाे आइतबार अर्थात् यही जनवरी ९ देखि १३ तारिखसम्म ओमानको सोहरमा रहेको पुनर्स्थापना केन्द्र (रिह्याबिलेशन सेन्टर)मा खोप दिइने टाइम्स अफ ओमानले लेखेको छ । दोस्रो डोज लगाएको तीन महिना भएकाहरुले खोप लाउन सक्नेछन् । 

यस्तै ओमानमा पछिल्लो समय कोरोना संक्रमण बढीरहेको छ । बिहीबार दुई सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । ओमानमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४ हजार १ सय १७ जनाले ज्यान गुमाइसकेका छन् । 

ओमानले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेको छ । भौतिक दुरी कायम गर्ने र अनिवार्य मास्कको प्रयोग गर्नपर्छ ।

ओमान नेपालीहरुको श्रम गन्तव्य देश पनि हो । ओमानमा रहेका नेपालीहरुलाई स्वास्थ्य मापदण्डको पालना गरेर कोरोना संक्रमण हुनबाट बच्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
 

तपाईको प्रतिक्रिया