भाेलिदेखि पुन: श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने

 माघ १, २०७८ शनिबार ११:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगारीमा जानकाे लागि चाहिने पुन: श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएकाे छ । काठमाण्डाैकाे ताहाचलमा रहेकाे वैदेशिक राेजगार कार्यालयले भाेलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएकाे हाे ।

वि.सं. २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन  दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेकाे हाे । श्रम स्वीकृतिलाई 'फेसलेस', 'पेपरलेस' र 'क्यासलेस' बनाइ छिटो, छरितो र  पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ । याेसँगै अब पुन: श्रम स्वीकृतिकाे काम वैदेशिक राेजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै  हुने वैदेशिक राेजगार कार्यालयले जनाएकाे छ ।

पुन: श्रम स्वीकृति लिने प्रक्रिया तलकाे सूचनामा उल्लेख गरिएकाे छ :

1 Comments

तपाईको प्रतिक्रिया