फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कोरोना सङ्क्रमण कारण वैदेशिक रोजगार बोर्डले शव ढुवानी बाहेक अन्य सेवा बन्द गरेको छ ।
माघ ९ गते आइतबारदेखि विदेशबाट आएका शव ढुवानी गर्ने सेवा बाहेक बोर्डबाट प्रदान हुँदै आएका अन्य सेवा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
बोर्डका विभिन्न शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा स्थगन गर्नु परेको विज्ञप्तिमार्फत बोर्डले जानकारी दिएको छ ।
तर बोर्डमार्फत प्रदान हुने आर्थिक सहायता लगायतका सेवाका लागि भने आफ्नो पालिकामार्फत अनलाइन माध्यमबाट निवेदन दिन बोर्डले अनुरोध गरेको छ ।
अत्यावश्यक सेवा लिन बोर्डको कार्यालयमा उपस्थित हुने सेवाग्राहीले अनिवार्य रूपमा स्वास्थ्यका मापदण्डका साथै खोप कार्ड साथमा लैजान पर्नेछ । कार्डको फोटो मोबाइलमा भए पनि हुनेछ ।