सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – चालु अर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण (रेमिट्यान्स) साढे पाँच प्रतिशतले घटेको छ । साउनदेखि पुससम्म चार खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको र यो गएकाे वर्षको ६ महिनाको भन्दा साढे पाँच प्रतिशतले कम रहेको राष्ट्र बैंकले जनाएको छ । पोहोर साउनदेखि पुससम्म रेमिट्यान्स ११ प्रतिशतले बढेको थियाे ।
यस्तै ६ महिनामा अमेरिकी डलरमा प्राप्त हुने रेमिट्यान्समा पनि ६ दशमलव २ प्रतिशतले कमी आएर तीन अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएकाे छ ।
यस्तै ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेर एक लाख ६७ हजार पाँच सय १३ जना पुगेको छ । पोहोर यो सङ्ख्या ८९ प्रतिशतले कम थियो ।
यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६ महिनामा दुई सय ९८ प्रतिशतले बढेर एक लाख ३० हजार दुई सय १२ जना पुगेको छ ।