फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कोरोना सङ्क्रमण दर घट्दै गएपछि यूएईले सङ्क्रमण रोकथामका लागि लागू गरेका प्रतिबन्धहरू पनि खुकुलो बनाउने भएको छ ।
सङ्क्रमण दर दिनहुँजसो घटिरहेको भन्दै सबै प्रकारका आर्थिक क्रियाकलापदेखि सामाजिक जमघट र कार्यक्रमहरू पूर्ण क्षमतामा सञ्चालन गर्न दिने यूएईको तयारी छ ।
दुबई राज्यको सङ्कट व्यवस्थापन कमिटीले यही फेब्रुअरी १५ देखि कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउँदै लैजाने निर्णय गरेको खबर खालिज टाइम्सले लेखेको छ । तर सङ्क्रमणबाट बच्नका लागि आफ्ना नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्न भनेको छ ।
दुबईको यो निर्णय कार्यान्वयनमा आएपछि जमघट, कार्यक्रम लगायत आयोजना गर्न पाइने छ ।
यस्तै सबै प्रकारका आर्थिक क्रियाकलाप सञ्चालन हुनेछ भने पर्यटकसँग सम्बन्धित, सपिङ मलहरू र यातायात पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।
मस्जिदमा प्रार्थना गर्नेहरूका लागि एक मिटरको दुरी कायम गर्नु पर्ने नियम बनाइएको छ ।