सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कुवेतले कोरोना रोकथामका लागि लागू गरेका नियमहरूको उलङ्घन गरेमा हुने जरिवाना बापतको रकम घटाएको छ ।
कुवेतको राष्ट्रिय सभाले बुधबार स्वास्थ्य सावधानी सम्बन्धी कानुनको संशोधनलाई अनुमोदन गर्दै सार्वजनिक स्थानमा स्वास्थ्य मापदण्ड सम्बन्धित नियम उल्लङ्घन गर्नेलाई हुने जरिवाना बापतको रकम ५ हजार कुवेती दिनारबाट ५० दिनार अर्थात् झण्डै २० हजार रुपैयाँ बनाएको हो ।
सांसद मोहनाद अल सायरले यो संशोधनले नियम उल्लङ्घनका ८ हजार मुद्दा समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको बताउनुभएको छ ।
यो सँगै सभाले खोप नलगाएका नागरिकलाई पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाएमा मलहरूमा प्रवेश गर्न अनुमति दिन भनेको छ । उनीहरूले चाहेको देशमा यात्रा गर्न अनुमति प्रदान गर्न पनि भनेको छ ।
यस्तै कुवेतमा बसोबास गर्नेहरूलाई समय नलिएकाहरूलाई पनि कोरोनाको बुस्टर डोज खोप लगाउन भनेको छ ।