सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – काठमाण्डौको नारायणहिटीमा रहेको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरमा बनेको नयाँ भवनमा सर्न लागेको छ । आइतबारदेखि विभागले नयाँ भवनबाटै सेवा दिन थाल्ने विभागका महानिर्देशक धनबहादुर वलीले बताउनुभयो ।
योभन्दा पहिले नारायहिटीमै रहेको राहदानी विभाग त्रिपुरेश्वरकाे नवनिर्मित भवनमा सरिसकेको छ । भवन स्थानान्तरणको क्रममा एकदुई दिन टेलिफोन सेवा अवरुद्ध भए पनि चाँडै नै ११५२ नम्बरको टोल फ्री फोन सेवा सञ्चालनमा ल्याउने पनि उहाँले बताउनुभयो । यस्तै उहाँका अनुसार कन्सुलर सेवालाई थप प्रभावकारी बनाउन ह्वाट्सअप तथा भाइबरबाट पनि सेवा प्रदान गर्ने तयारी भइरहेको छ ।
‘विदेशमा रहेका नेपाली नागरिकलाई पनि सजिलै सेवा लिन सक्ने गरि भाइबर र ह्वाट्सअपबाट पनि सेवा प्रदान गर्ने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो, ‘कुनै पनि सेवाग्राही तथा पीडितका परिवारले फोन गरेर वा भाइबर, ह्वाट्सअपमार्फत सेवा लिन सक्नुहुन्छ । त्यसबाट नै उहाँलाई कहाँ जाने, के गर्ने लगायतका जानकारी प्रदान गरिनेछ ।’
विभागले आफ्ना सेवालाई पालिकास्तरबाटै प्रदान गर्ने तयारी पनि गरिरहेको छ । मोबाइल एप निर्माण गरेर त्यसबाट पनि सेवा प्रदान गर्ने गरि काम अघि बढीरहेको महानिर्देशक वलीले बताउनुभयो ।
कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीहरुका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरणको काम गर्छ । यस्तै विदेशी नियोग तथा कूटनीतिक पदाधाकरीहरुलाई प्रदान गरिने सुविधा, नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्ने लगायतका कामहरु पनि कन्सुलर विभागले गर्छ ।