सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।
यूएईले पछिल्लो समय गरेको निर्णय अनुसार काठमाण्डौबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको र्यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको हो । फागुन १ गतेदेखि नै यो नियम कार्यान्वयनमा आएको भन्दै अब यात्रुले विमानस्थलमा र्यापीड पीसीआर गर्न नपर्ने एक विज्ञप्ति जारी गर्दै नेपाल एयरलाइन्सले जनाएको छ ।
विमानस्थलमा र्यापीड पीसीआर परीक्षण गर्न नपरे पनि यूएई जानका लागि ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट भने अनिवार्य नै छ ।
यूएई सरकारले कोरोना महामारीको दोस्रो लहरको समयमा सङ्क्रमण रोकथामका लागि यो नियम लागू गरेको थियो ।