बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि
बैशाख ३, २०८२ बुधबार
महिला सुरक्षाको लागि बलियो कानुन भएको देश मानिने यूएईले पछिल्लो समय महिलालाई दुर्व्यवहार विरुद्ध कारबाहीको व्यवस्थालाई थप कडाइ गरेको छ ।
यूएईको सार्वजनिक अभियोजन (पब्लिक प्राेसिक्युशन-पीपी)ले बोली वा क्रियाकलाप जुनसुकै तरिकाले पनि सार्वजनिक स्थल तथा सडकमा महिलालाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । यूएईको संघीय कानुन २०२१ को ३१ नम्बर अन्तर्गत धारा ४१२ ले यस्तो कार्य गर्नेलाई एक वर्ष भन्दा बढी कैद वा दश हजार दिर्हाम जरिबाना वा दुवै सजाय तोकेको छ ।
यस्तै महिलाको नक्कली भेष धारण गरेर महिलाको लागि आरक्षित ठाउँमा जाने वा त्यस्तो भेषमा पुरुषलाई निषेध गरिएको क्षेत्रमा गएमा पनि धारा ४१२ अनुसारकै कारबाही हुन्छ । यस्तो क्रियाकलाप गर्ने पुरुषको नियत गलत हुने र अपराध गर्नसक्ने भएकाले यो अपराधलाई पनि गम्भीर रुपमा लिइएको छ ।
#law #legal_culture #publicprosecution #safe_society pic.twitter.com/MpsVOSOtVh
— النيابة العامة (@UAE_PP) March 5, 2022