सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।
प्राप्त ई स्टिकर मोबाइलमा डाउनलोड गरेर वा त्यसलाई प्रिन्ट गरेर साथैमा राख्न र विमानस्थलमा श्रम डेस्कमा मोबाइलमा भएमा मोबाइलमार्फत नै पेस गर्न विभागले सूचना जारी गरेको हो ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट अब वैदेशिक रोजगारीमा जाने श्रमिकको ई स्टिकरमा यस अघिजस्तो छाप नलगाइने भएको छ ।
आज बुधारबारदेखि लागू हुने गरी श्रमिकले पेस गरेको ई स्टिकरको प्रतिमा छाप लगाउन नपर्ने नियम ल्याएको विभागले जनाएको छ ।
पछिल्लो समय श्रमिकले अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने र स्टिकर पनि इमेल वा मोबाइलमा एसएमएसमार्फत प्राप्त हुन्छ । यसरी प्राप्त ई –स्टिकर सिधै रोजगारीमा जाने दिन विमानस्थलमा श्रम डेस्कमा देखाए पुग्छ ।
Yam kumar moktan tamang
March 9, 2022, 3:11 p.m.म साउदीबाट छुट्टिमा आएको हो।अब म जाने बेला भयो ।मैले के के रिपोट देखाउन आबश्यक पर्छ।मेरो श्रम पहिला नै भएको छ ।बाकी सात महिना छ ।के के चाहिन्छ त हजुर?