यूएई प्रवेश गर्नेले आबुधाबी विमानस्थलमा अब पीसीआर परीक्षण गर्नु नपर्ने

 फागुन २७, २०७८ शुक्रबार १७:४५:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अब यूएईको आबुधाबी विमानस्थलमा ओर्लेपछि यात्रुले पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।

कोराना विरुद्धको खोप नलगाएकाले पनि विमानस्थलमा ओर्लेपछि पीसीआर परीक्षण गर्नु नपर्ने आबुधाबी विमानस्थलको निर्णयलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । तर कोरोना विरुद्धको खोप नलगाएका यात्रुले आबुधाबीको लागि प्रस्थान गर्नुभन्दा ४८ घण्टा पहिलेको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट भने पेस गर्नुपर्नेछ । खोप लगाएकाहरुले भने प्रि डिपाच्र्युर पीसीआर टेस्ट गर्नु नपर्ने जनाएको छ ।

यदि आफूले पीसीआर टेस्ट गर्न चाहेमा ४० दिर्हाम शुल्क तिरेर पीसीआर परीक्षण गर्न सकिनेछ । यस्तै खोप नलगाएका यात्रुले अल हस्न मोबाइल एप्लिकेशन डाउनलोड गरेको हुनुपर्ने आबुधाबी विमानस्थलले पछिल्लो समय जारी गरेको कोरोना सम्बन्धी मापदण्डमा उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया