सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ ।
मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उहाँ चार दिने मलेसिया भ्रमणमा जान लाग्नुभएको श्रम मन्त्रालयले जनाएको छ ।
यस्तै श्रममन्त्री श्रेष्ठसँग नेपालमा रहेको मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले उहाँको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठका साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव थानेश्वर भुसालसहितको टोली बुधबार दिउँसो मलेसिया जाने कार्यक्रम छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नुहुनेछ भने सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने र श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनका विषयमा नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको छ ।