परदेशीका परिवारलाई ‘टेली मेडिसिन’ सेवा उपलब्ध गराइने

 जेठ १५, २०७९ आइतबार १७:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आगामी आर्थिक वर्षदेखि सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई 'टेली मेडिसिन' सेवा उपलब्ध गराउने जनाएको छ ।

आज संसदमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जना्द्धन शर्माले रोजगारीको लागि विभिन्न देशमा गएका व्यक्तिका परिवारलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनुभएको हो । यस्तै उहाँले वैदेशिक रोजगारीसँग सम्बन्धित परिवारलाई उनीहरुको सीप क्षमताको आधारमा स्वरोजगार बन्न तथा व्यवसाय गर्नको लागि सहुलियतपूर्ण कर्जाको पनि व्यवस्था गरिने बताउनुभयो ।

1 Comments

  • Mani Dhakal

    May 29, 2022, 5:47 p.m.

    आउँदा जाँदा हामी प्रति हुने दुर्व्यवहारको कमी होस् , आफ्नो परिवारलाई १० ग्राम सुन अनि एउटा मोवाइल सम्म सहजै लैजान पाउने व्यवस्था होस् /

तपाईको प्रतिक्रिया