१० हजार वर्षअघि नै लोप भइसकेको ब्वाँसोको प्रजाति फिर्ता ल्याएक...
चैत २७, २०८१ बुधबार
काठमाण्डौ – डेढ हप्तायता काठमाण्डौको हावा प्रदूषित बनेको छ । काठमाण्डौ आज पनि विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा छ । खासगरी पछिल्ला समय विभिन्न ठाउँमा फैलिइरहेको डढेलोले काठमाण्डौको हावा प्रदूषित बनेको वातावरणविदहरुको भनाइ छ ।
ठाउँ–ठाउँमा सडक निर्माणको काम भइरहँदा धुलो धुवाँ उड्दा पनि हावा प्रदूषित भएको छ भने खेतबारीमा गहुँको छ्वालीलगायतका कृषि अवशेष जलाउँदा तथा गाडी र कलकारखानाको धुवाँले पनि प्रदूषण बढाएको छ । लगातार काठमाण्डौको हावा प्रदूषित बनिरहँदा यसलाई कम गर्नको लागि सरकारले कुनै योजना बनाएको छैन ।
वातावरणसँग सम्बन्धित विभिन्न सङ्घरसंस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणको समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल वातावरण पत्रकार समूह र ग्रामीणमुखी युवा अभियान नेपालले हिजो काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उनीहरुले प्रदूषण रोकथाममा सरकार र सङ्घसंस्थाबीच सहकार्य र समन्वयमा जोड दिएका हुन् ।
हरेक वर्षको सुक्खायाममा वन डढेलो लगायतका कारण प्रदूषण बढ्ने तथ्य हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समाधानका उपाय खोज्नु व्यावहारिक नहुने विज्ञहरूको भनाइ छ ।
वायु प्रदूषण बढेपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याका बिरामी बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र बालबालिका बढी प्रभावित हुने बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले हरेक वर्ष नेपालीहरूको कुल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वाससँग जोडिएको जानकारी दिनुभयो ।
प्रदूषण घटाउन यसअघि बनेका नीति, कार्ययोजना कार्यान्वयन नहुँदा, सम्बन्धित निकायहरूबीच समन्वय नहुँदा समस्या जटिल बन्दै गएको उहाँको भनाइ थियो ।
कार्यक्रममा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषणको समस्या न्यूनीकरण गर्नसम्बन्धित निकायबीच आरोपरप्रत्यारोप लगाउनु भन्दा आ–आफ्नो ठाउँबाट अनुशासित बन्नुपर्ने बताउनुभयो ।
प्रदूषण रोकथामकै लागि विभागले उद्योग, कलकारखानाको वातावरणीय पक्षको अनुगमन गर्दै कमीकमजोरी गरेकाहरूलाई सुधार गर्न ध्यानाकर्षण गराएको, गाडी प्रदूषण परीक्षण गर्ने गरेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।