सगरमाथाको आधारशिविरमा विलासी सामानको प्रयोगले समस्या बढाउँदै
चैत २५, २०८१ सोमबार
काठमाण्डौ – विज्ञहरुले सगरमाथा आधारशिविरमा विलासी सामानको प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गर्दै त्यस्ता सामानमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।
हिमाली पर्यटन व्यवसायी एवम् पथप्रदर्शक दावा टासी शेर्पाले हिमाली क्षेत्रमा विलासी बस्तुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरेको गुनासो गर्नुभयो । आरोही बढेर नभई विलासी सामान प्रयोगका कारण हिमालका आधारशिविर जोखिममा परेका उहाँको दाबी छ ।
यस्तै कार्यक्रममा जलवायु विज्ञ पपुलर जेन्टलले हिमाली क्षेत्रमा आइरहेको संकटले हिमाली क्षेत्रमा मात्र नभई विश्वमै प्रभाव पार्ने बताउनुभयो ।
अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का प्रमुख पेमा ग्यामात्सोले हिउँ पग्लिएको विषय जलवायु परिर्वतनका कारण मात्रै नभएको भन्दै मानविय गतिविधिहरुलाई पनि पुनः मूल्यङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय आधारशिविरमा आरोहीहरुलाई पाँचतारे होटल सरह सुविधा उपलब्ध गराउने होड बढेको छ । ताप बढाउनेदेखि खाना पकाउने लगायतका काममा उपकरणको प्रयोग अत्याधिक बढेपछि त्यसको असर हिउँमा पर्न थालेको विज्ञहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।