बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि
बैशाख ३, २०८२ बुधबार
काठमाण्डौ – अल अस्मास कम्पनी प्रालिले माग पत्र प्रमाणीकरण विनै कुवेत पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको छ ।
कुवेतको केएफसी कम्पनीमा पठाउने भनी अन्तर्वार्ता भइरहेको सूचनाको आधारमा बुधबार वैदेशिक रोजगार विभागले गरेको आकस्मिक अनुगमनमा कुवेतबाट केएफसी भन्ने कम्पनीबाट कुनै कामको माग नआए पनि झण्डै एक सय जनाको अन्तर्वार्ता भइरहेको पाइएको विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार अल अस्मास म्यानपावर कम्पनीले कुवेतको केएफसी कम्पनीबाट कुनै पनि कामको माग पनि नल्याएको र पूर्व स्वीकृति पनि लिएको छैन ।
माग पत्र प्रमाणीकरण र पूर्व स्वीकृति बिनै म्यानपावरले एक सय भन्दा बढी व्यक्तिलाई कुवेत पठाउने भन्दै अनाधिकृत रूपमा अन्तर्वार्ता लिएको छ ।
अनुगमनमा खटिएको विभागको टोलीले विभिन्न कागजातहरू बरामद गरेको छ । म्यानपावर कम्पनीमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।